२०८२ भाद्र १ गते आइतवार
देशका केही क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएकाे छ । अहिले बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।
यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशको १/२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । तकसुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का बर्षाको सम्भावना छ । पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेने मौसमविदले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij