२०८२ भाद्र ९ गते सोमवार
बजाज अटोले नयाँ पल्सर २५० को आधिकारिक टिजर सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार पल्सर २५० को टिजर सार्वजनिक गरेको हो। जसमा बाइकको बाहिरी आवरण र केही विशेषताबारे खुलाएको छ।
पल्सर २५० को बाहिरी आवरण पल्सरको फ्ल्यागसिप मोडलमा आधारित छ। अर्थात् कम्पनीले यसको डिजाइनिकमा विशेष प्राथमिकता दिएको छ। बजाज अटोले यो बाइकका विशेषताहरूमा पनि खास ध्यान पुर्याएको बताएको छ।
नयाँ पल्सर २५०को डिजाइन पल्सर २२० एफ मोडलको जस्तै देखिन्छ। यसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लसटर हुने अनुमान लगाइएको छ। नयाँ पल्सर २५० मा पुरै एलइडी डिआरएल भने हुनेछ।
त्यस्तै यसमा प्रोजेक्टर हेडल्याम्प छ। इन्जिन सुरक्षाको लागि बाइकमा अलोय ह्विल र बेली प्यान पनि छन्। बाइकमा एबिएससहितको ब्रेकिङ सुविधा छ। यसको दुवै पाङ्ग्रामा डिस्क ब्रेक हुनेछ।
सार्वजनिक टिजरअनुसार पल्सर २५० मा सिंगल सिलिन्डर ओलय९कुल्ड इन्जिन छन्। २४९ सिसी डिस्प्लेसमेन्ट भएको उक्त इन्जिनले झन्डै २६ पिएस पावर र २२ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले बताएको छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार भारतीय बजारको लागि नयाँ पल्सर २५० अर्को साता सार्वजनिक हुँदैछ। कम्पनीले अक्टोबर २८ मा आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा नयाँ बाइक सार्वजनिक गर्न लागेको हो।
कम्पनीले बाइकको पुरै विवरण र मूल्य भने हालसम्म खुलाएको छैन। पल्सर २५० बाहेक कम्पनी यतिबेला डोमिनार संस्करणको नयाँ बाइक पनि सार्वजनिक गर्ने तयारीमा छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij