Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

टेलिकमले ल्यायो दशैंतिहार अफरः रिचार्ज गर्दा बोनस, २९४ रुपैयाँमा २० जीबी डेटा

टेलिकमले ल्यायो दशैंतिहार अफरः रिचार्ज गर्दा बोनस, २९४ रुपैयाँमा २० जीबी डेटा


  • 42.6K
    Shares

    टेलिकमले ल्यायो दशैंतिहार अफरः रिचार्ज गर्दा बोनस, २९४ रुपैयाँमा २० जीबी डेटा

    काठमाडौं । नेपाल टेलिकमले फेस्टिभ अफर ल्याएको छ । असोज १९ गतेदेखि लागू हुनेगरी टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने जनाएको छ । अफरहरू दसैँको अवसरमा असोज १९ गतेदेखि कार्तिक २ गतेसम्म उपलब्ध हुने जनाइएको छ ।

    यसैगरी महत्वपूर्ण पर्वहरू तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरू कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने पनि टेलिकमले जनाएको छ ।  

    डाटा प्याक अन्तर्गत रु २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु। ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक रु ६९ मा उपलब्ध हुनेछ ।

    भ्वाइस सेवा अन्तर्गत रु। २५ मा १ दिन ९२४ घण्टा० प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, रु ४० मा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र रु। ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ ।

    यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन १८ २०७८ सोमवार - १६:५०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij