२०८२ भाद्र १० गते मंगलवार
भारतमा कोभिड–१९ बाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भेटिएका छन् ।
भारतमा हालसम्म एक करोड दुई लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् जसमध्ये ९७ लाख १८ हजार व्यक्ति संक्रमणमुक्त भइसकेका छन् ।
यसैबीच, भारतमा कोभिड–१९ को परीक्षणको कार्यलाई थप विस्तार गरिने भारत सरकारले बताएको छ । हालसम्म १६ करोड नमूना परीक्षण भइसकेको छ ।
भारतीय राज्य दिल्लीमा पछिल्लो २४ घण्टामा एक हजार नयाँ संक्रमित भेटिएका र ३७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij