कमेडी च्याम्पिनयन विजेता भरतमणि पौडेलले पुरस्कार स्वरूप घोषित कार पाएका छन्।
एक कार्यक्रमका बीच टीभी रियालिटी सो कमेडी च्याम्पियन कार्यक्रमका निर्देशक विशाल भण्डारीले शुक्रबार पौडेललाई कारको साँचो हस्तान्तरण गरेका हुन्।
कमेडी च्याम्पियनले पौडेललाई झन्डै २४ लाख रुपैयाँ मूल्यको कार पुरस्कार दिएको हो। उपविजेता बिक्की अग्रवाल भने अस्वस्थताका कारण शुक्रबार पुरस्कारको मोटरसाइकल लिन आउन सकेनन्।
यस्तै प्रतियोगितामा तेस्रा भएका सन्तोष थापाले स्कुटर पाएका छन्। कार पाएपछि भरतमणिले आफूलाई मत दिने सबै दर्शक र कमेडी च्याम्पियन समूहप्रति आभार व्यक्त गरेका छन्।