Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बीएस६ भर्सनको यामाहा एमटी–१५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषताहरु

बीएस६ भर्सनको यामाहा एमटी–१५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषताहरु


  • 7.2K
    Shares

    • images
    बीएस६ भर्सनको यामाहा एमटी–१५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषताहरु
    images

    काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले बीएस६ भर्सनको एमटी–१५ लन्च गरेको छ । भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामा सो बाइक सार्वजनिक गरिएको हो ।

    एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन हुनेछ, जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।

    यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ । डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।

    बाइकको मूल्य ४ लाख ४९ हजार ९ सय, ४ लाख ५४ हजार ९ सय र ४ लाख ५९ हजार ९ सय रुपैयाँ छ । बाइक किन्ने ग्राहकलाई ज्याकेट र हेल्मेटलगायतका एसेसरिज समेत उपलब्ध गराइने छ ।

    प्रकाशित मिति :आश्विन १२ २०७८ मंगलवार - १२:३६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij