२०८२ माघ ७ गते बुधवार
काठमाडौं। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ( वीर) ले स्टाफ नर्सको छनौट प्रक्रिया स्थगित गरेको छ। अस्पताले कोभिड उपचारमा खटाउने भन्दै ५० जनाका लागि करारमा नियुक्त गर्ने गरी आवेदन माग गरेको थियो।
अस्पतालले जागिरको अवसर खुलाएपछि ३ हजारभन्दा बढीले आवेदन दिएका थिए। तर अन्तिम अवस्थामा आएर अस्पतालले छनौट प्रक्रिया नै स्थगित गरेको छ।
५० जनाका लागि करारमा नियुक्त गर्ने गरी आवेदन मागेको वीरले किन छनोट प्रक्रिया स्थगित गर्यो?
अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्र बस्नेतका अनुसार कोरोना संक्रमितको उपचारका लागि माग नर्सहरुको माग गरिएको थियो। अहिले संक्रमितको संख्या घटेकाले छनौट प्रक्रिया स्थगित गरिएको हो।
अस्पतालले संक्रमणको अवस्था हेरेर आवश्यकता अनुसार पछि अहिले आवेदन दिएकाहरुबाट नै नर्स छनौट गर्ने जनाएको छ।अस्पतालले भदौ २१ गते सूचना निकाल्दै ६ महिनाका लागि ५० जनालाई नियुक्त गर्ने भन्दै आवेदन माग गरेको थियो।
हेरौं स्थगित गरिएको सूचना

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij