२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । गायिका इन्दिरा जोशीले बिहीबार ‘इंगेजमेन्ट’ गरेकी छन् । उनले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक संजालमा बधाइ दिएपछि वास्तविकता खुलेको हो ।
गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिएकी छैनन् । उनले हेलिकप्टरमा खुम्बू पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको पाइएको छ ।
उनले इंगेजमेन्ट गरेको भिडियो अहिले सामाजिक संजालमा जताततै छाएको छ । गायिका जोशीलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर बधाइ दिएका छन् ।
उक्त भिडियो अहिले भाइरल बनेको छ । उनले जोशी र केडिया दुवैलाई बधाइ दिएका छन् । गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताएकी थिइन् । तरपनि उनले आफ्नो प्रेमीबारे भने खुलाएकी थिइनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij