Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपालमा थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ? (विवरणसहित)

नेपालमा थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ? (विवरणसहित)


  • 12.2K
    Shares

    नेपालमा थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ? (विवरणसहित)

    नेपालमा पछिल्लो २४ घण्टामा  १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७३ हजार ४ सय ३० जना निको भएका छन्।

     मन्त्रालयलको तथ्यांक यस्तो छ

    मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा ४, झापामा २२, ताप्लेजुङमा ८, तेह्रथुममा ७, धनकुटामा ६, भोजपुरमा २, मोरङमा ३१, संखुवासभामा २, सोलुखुम्बुमा १३ र सुनसरीमा २६ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धनुषामा १, बारामा ३, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा ४, सर्लाहीमा २ र सिरहामा ५ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ३२ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ४, चितवनमा ३६, दोलखामा ५, धादिङमा ९, नुवाकोटमा ४४, भक्तपुरमा ४२, मकवानपुरमा ५, रसुवामा ३, ललितपुरमा १ सय ३३ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना पुष्टि भएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा ४, तनहुँमा ६, नवलपरासी पूर्वमा ८, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ।

    कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुका १७, गुल्मीका २२, दाङका ६४, नवलपरासीका १६, पाल्पाका २२, प्यूठानका १०, बर्दियाका ६, बाँकेका २८, रोल्पामा २ र रुपन्देहीका ९१ जना छन्।

    यस्तै, कर्णाली प्रदेशको दैलेखमा ६, रुकुम पश्चिममा २, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, बझाङमा ६ र बैतडीमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

     

    1.jpg2.jpg4.jpg5.jpg6.jpg7.jpg

     

    प्रकाशित मिति :कार्तिक ३० २०७७ आइतवार - १८:५४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij