Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरियामा कोरोनाको तेस्रो लहर : चार जनाभन्दा बढी भेला हुन नपाउने

कोरियामा कोरोनाको तेस्रो लहर : चार जनाभन्दा बढी भेला हुन नपाउने


  • 8.3K
    Shares

    कोरियामा कोरोनाको तेस्रो लहर : चार जनाभन्दा बढी भेला हुन नपाउने

    दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रोपटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकैपटक चारजनाभन्दा बढी भेला हुन नपाउने नियम लागु गरेको छ ।

    आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भिडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागु हुने बताएको छ । कम्पनीभित्रै सहकर्मीबाट पनि कोरोना फैलिन सक्ने भएकोले कामका समयमा समेत अनिवार्यरुपमा मास्क लगाउनुपर्ने भएको छ ।

    यसअघि नै सार्वजनिकस्थलमा ‘नो मास्क नो राइड’ नियम लागु भएको छ । पछिल्लोपटक कोभिडको अत्यधिक प्रभाव रहेका सउल, ख्याङ्दि तथा इन्छन क्षेत्रमा थप कडाइका साथ उक्त नियम लागु गरिने भएको छ । दक्षिण कोरियामा एक हप्तादेखि लगातार दैनिक संक्रमितको संख्या एक हजार बढी नाघ्न थालेपछि अस्पतालमा शय्या अभाव हुन थालेको छ ।

    सरकारले  नियन्त्रणस्वरूप सामाजिक दूरीलाई थप कडा पार्दै आइरहेको छ । दक्षिण कोरियामा हालसम्म संक्रमितको संख्या ५० हजार नाघेको छ । जनवरीको अन्तिमदेखि कोरियाले पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । दक्षिण कोरिया सरकारले आगामी जनवरीको अन्त्यदेखि कोरोनाविरुद्ध खोप लगाउने तयारी गरेको छ ।

    सरकारी स्वास्थ्य अधिकारीका अनुसार पहिलो चरणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मीमा खोप दिइने बताइएको छ ।
    कोरियाले आपत्कालीन प्रयोगका निमित्त प्रारम्भिक आपूर्तिस्वरूप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको दुई करोड ५० लाख मात्रा खोप प्राप्त गर्नेछ । 

     

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १६:५०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij