२०८२ भाद्र १० गते मंगलवार
गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका– २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो ।
लाइन काटिएका ग्राहकले कूल रु छ लाख ५६ हजार १६.४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिनुभयो ।
लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख छ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij