Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोभिड-१९ : थप १५६२ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

कोभिड-१९ : थप १५६२ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु


  • 6.1K
    Shares

    कोभिड-१९ : थप १५६२ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ नमूना परीक्षणमध्ये एक हजार १८० पीसीआर र ३८२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

    यससँगै नेपालमा हालसम्म ८ लाख ६६ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ९८४ पुगेको छ । 

    मन्त्रालयका अनुसार थप एक हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । 

    यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ । 

    हाल मुलुकभर २६ हजार २०२ सक्रिय संक्रमित छन् ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १६:५८:२४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij