Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आठ महिनाको नाबालकको हत्या गरेको आरोपमा आमा-बुवा पक्राउ

आठ महिनाको नाबालकको हत्या गरेको आरोपमा आमा-बुवा पक्राउ


  • 6.3K
    Shares

    आठ महिनाको नाबालकको हत्या गरेको आरोपमा आमा-बुवा पक्राउ
    images

    आठ महिनाको नाबालकको हत्या गरेको आरोपमा आमा-बुवा पक्राउ परेका छन्। 

    तीन दिनअघि भएको दूधे बालकको हत्या आरोपमा रुपन्देही गैडहवा गाउँपालिका-६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाह पक्राउ परेका हुन्। 

    भदौ २६ गते बिहान राति १ बजे ८ महिनाका नाबालक सुरज मल्लाहको घाँटी रेटी हत्या भएको थियो। घटना अनुसन्धानमा जुटेको प्रहरीले नाबालकको हत्यामा उनका बुवा-आमालाई सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए। 

    घटनापछि प्रहरीको इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी टोली खटिएको थियो।

    घटनास्थल अवलोकन गर्ने क्रममा उनीहरूको घरको छलमा रगत देखिएको थियो। श्रीराम र उनकी श्रीमती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया र ओछ्यानमा समेत रगत लागेको भेटिएको थियो। 

    केसीका अनुसार रेनुको सारीमा समेत रगत लागेको फेला परेकाले सोधपुछ गर्ने क्रममा नाबालकको हत्या गरेको उनीहरूले स्वीकारेका थिए। 

    घटनाको कारण पारिवारिक कलह प्रमुख रहेको केसीले बताए।

    ‘उनीहरूको घरमा जग्गासम्बन्धी विवाद रहेको बुझिएको छ,’ केसीले भने,‘पहिले बच्चाको हत्या गर्ने, त्यसपछि श्रीमान-श्रीमती पनि आत्महत्या गर्ने उद्देश्य रहेको देखिन्छ।’ 

    तर, बच्चाको हत्यापछि उनीहरूले घटना अर्कैले घटाएको हो भनी छिमेकीलाई दोष लगाउन खोजेका थिए। 

    ‘जुन दिन आमाले जग्गा माइली छोरीको नाममा गरिदिइन् त्यही दिन श्रीमान-श्रीमतीले सल्लाह गरेर छोरालाई मार्ने अनि आफूहरू आत्महत्या गर्ने मनसाय बनाएको देखिन्छ,’ केसीले भने। 

    दुबै जनालाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी अनुसन्धान थालिएको उनले बताए।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १३:२४:१८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij