Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो


  • 4.9K
    Shares

    • images
    दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो
    images

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ ।

     ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन् ।

     प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सुवेदीको भरतपुर अस्पतालमा तथा तिरुवा र रानाको नयाँ चितवन मेडिकल कजेजमा उपचारका क्रममा मृत्यु भएको हो । काँकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुप–०२–००१ख ११२३ नं को बस र पूर्वतर्फ जाँदै गरेको ना६ख ७१२६ नं को ट्रक आज एकापसमा ठोक्किएका थिए ।

     उक्त दुर्घटनामा बस र ट्रकका चालकसहित २७ यात्रु घाइते भएका छन् । घाइतेको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १३:०९:१२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij