Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

३८ वर्षे महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

३८ वर्षे महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ


  • 5.6K
    Shares

    ३८ वर्षे महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

    पर्वत — बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पैयुँ गाउँपालिकाका ती किशोरमाथि ३८ वर्षे महिलालाई बलात्कार गरेको आरोप छ  

    प्रहरीका अनुसार गत वैशाख १५ गते साँझ ६ बजेतिर खेतमा काम गरिरहेको समयमा ती महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पीडित महिलाका दाजुले बलात्कार आरोप लगाउँदै गत शुक्रबार पर्वत प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

    सोही उजुरीका आधारमा प्रहरीले शनिबार किशोरलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्वत जिल्ला अदालतबाट आइतबारदेखि लागु हुने गरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । गोपनीयताका कारण दुवै पक्षको विवरण नखुलाइएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १२:०९:२१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij