Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बालुवा निकाल्ने स्काभेटरसहित तीन प्रहरी नियन्त्रणमा

बालुवा निकाल्ने स्काभेटरसहित तीन प्रहरी नियन्त्रणमा


  • 4.6K
    Shares

    बालुवा निकाल्ने स्काभेटरसहित तीन प्रहरी नियन्त्रणमा

    म्याग्दी । रातको समयमा कालीगण्डकी नदीमा अवैधरूपमा बालुवा उत्खनन गर्ने तीन जनालाई स्काभेटरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राति अन्दाजी साढे १० बजेको समयमा म्याग्दीको बेनी नगरपालिका–१ आनन्द बगरस्थित कालीगण्डकी नदीबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

    अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बालुवा उत्खननमा प्रयोग भएको ग१क ४४५६ नम्बरको स्काभेटरसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले बताउनुभयो । पक्राउ पर्नेमा बेनपा–१ बस्ने ३८ वर्षीय कृष्णबहादुर बोगटी, वडा नम्बर ६ बस्ने २७ वर्षीय डोलेन्द्र खत्री र सर्लाही ईश्वरपुर नगरपालिका ९ बस्ने स्काभेटर चालक ३३ वर्षीय श्यामबाबु चौधरी रहेको उहाँले जानकारी दिनुभयो ।

    स्काभेटरको प्रयोगमा अवैध बालुवा उत्खनन् गरिरहेको अवस्थामा फेला पारी सामान्य सोधपुछ गर्ने क्रममा बालुवा उत्खननमा संलग्न व्यक्तिहरुले प्रहरीको टोलीलाई नै अपशब्द प्रयोग गरी हातपात तथा हुलहुज्जतसहित अभद्र व्यवहार गरेका थिए । त्यसपछि प्रहरीको टोलीले उनीहरुलाई तत्कालै नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट अभद्र व्यवहार मुद्दामा पहिलोपटक सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

    पछिल्लो समय कालीगण्डकी नदीबाट मध्यरातको समयमा बालुवा उत्खनन गर्ने क्रम बढ्दै गएको छ । वर्षात्को समय असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था भए पनि अवैधरूपमा नदी दोहन हुँदै आइरहेको छ ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १०:३४:२८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij