Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दुई किलो अफिमसहित तीन पक्राउ

दुई किलो अफिमसहित तीन पक्राउ


  • 6.9K
    Shares

    दुई किलो अफिमसहित तीन पक्राउ

    नेपाल प्रहरीले दुई किलो २२४ ग्राम लागुऔषध (अफिम) सहित तीनजनालाई पक्राउ परेको छ ।

     महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले लागुऔषध अफिम कारोवार गर्ने पूर्वी रुकुमका ४१ वर्षीय धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुनलाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले पुनलाई काठमाडौँ महानगरपालिका–२६ ठमेल र अन्य दुईलाई मित्रनगर, नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

     महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ठमेलमा अफिम बोकेर कारोवार गर्न हिँडिरहेको अवस्थामा पुनलाई पक्राउ गरेर सोधपुछ गर्दा अन्य दुईजनासँग पनि अफिम रहेको खुलेपछि तीन जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

     प्रहरीले पुनसँग एक किलो २०० ग्राम र अन्य दुईसँग एक किलो २४ ग्राम अफिम बरामद गरेको छ ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १६:५८:१८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij