Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओखलढुंगामा जिप दुर्घटना : एकको मृत्यु, चार जना गम्भीर घाइते

ओखलढुंगामा जिप दुर्घटना : एकको मृत्यु, चार जना गम्भीर घाइते


  • 5.8K
    Shares

    ओखलढुंगामा जिप दुर्घटना : एकको मृत्यु, चार जना गम्भीर घाइते

    ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानीमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौंतर्फ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जिप सडकदेखि ५० मिटर तल खसेको थियो ।

    घटनामा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । जिपमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजना नाबालक शिशुसहित चारजनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले बताए ।

    घाइतेहरूलाई हाल उपचारका लागि उदयपुरको घुर्मी पुर्‍याइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकप्टरको लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १४:३०:१४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij