Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

३ वर्षीया बालिका झाडीमा मृत फेला

३ वर्षीया बालिका झाडीमा मृत फेला


  • 4.9K
    Shares

    ३ वर्षीया बालिका झाडीमा मृत फेला

    शनिबार बिहानदेखि बेपत्ता भएकी गुल्मीको बाँझकटेरी गाउँकी  तीन वर्षीया बालिका  आइतबार बिहान मृत फेला परेकी छन् ।  मदाने गाउँपालिका–२ बाझकटेरी कि तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेकी हुन् ।

    हिजो बिहान ११ बजे सम्म घर मै खेलिरहेको र त्यस पछि बेपत्ता भएकी उनलाई आइतबार स्थानीय र पुर्कोदह ईलाका प्रहरी कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा घर देखि करिव ५ सय मिटर दुरीमा पर्ने झाडीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुर्षोतमप्रसाद पाण्डेले बताए ।

     'यहाँबाट इन्सपेक्टरको कमान्डमा प्रहरी टोली पुग्दैछ, त्यहाँ पुगे पछि मात्र थप विवरण आउने छ,' उनले भने । उनका अनुसार मृतक बालिकाका बाबु विदेशतिर भएको र आमा घर मै थिइन् ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - ११:०२:४० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij