Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

झापामा आगलागी हुँदा तीनजना घाइते

झापामा आगलागी हुँदा तीनजना घाइते


  • 4.2K
    Shares

    झापामा आगलागी हुँदा तीनजना घाइते

    झापा । खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एक घरका तीन घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालको घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्यास चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो ।

    आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज खनाल घाइते भएका र उनीहरूको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको प्रनाउ आचार्यले बताए । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १०:५५:५३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij