Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

९,८४० नमुना परीक्षण गर्दा ९९४ जनामा कोरोना संक्रमण पुष्टि , १२ जनाको मृत्यु

९,८४० नमुना परीक्षण गर्दा ९९४ जनामा कोरोना संक्रमण पुष्टि , १२ जनाको मृत्यु


  • 5.2K
    Shares

    ९,८४०  नमुना परीक्षण गर्दा ९९४  जनामा कोरोना संक्रमण पुष्टि , १२ जनाको मृत्यु

    काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार भन्दा तल झरेको छ । पीसीआर र एण्टिजेन गरी ९ हजार ८ सय ४० जनामा काेराेना परीक्षण गर्दा जम्मा नौ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नेपालमा दोस्रो लहर सुरु भएपछि पहिलोपटक दैनिक थपिनेको संख्या एक हजार भन्दा तल झरेको हो । २४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव १० प्रतिशतमा मात्रै संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमित हुनेकाे सङ्ख्या ८ लाख ६२ हजार नौ सय ४६ जना पुगेको छ ।

    यस्तै २४ घण्टामा एक हजार तीन सय ६८ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख ३८ हजार ३४ जना पुगेको छ । थप १२ जनाले ज्यान गुमाएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको सख्या १० हजार नौ सय ३६ जना पुगेको छ ।

    नेपालमा अहिले २७ हजार ३ सय ५५ जना सक्रिय संक्रमित रहेकोमा चार सय ५६ जनाको आईसीयू र एक सय २२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - १६:५९:२९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij