Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चन्द्रनगर गाउँपालिकाका दलितका लागि भोरको उपहार " भुमिपुत्रलाई नागरिकता "

चन्द्रनगर गाउँपालिकाका दलितका लागि भोरको उपहार " भुमिपुत्रलाई नागरिकता "


  • 7.5K
    Shares

    चन्द्रनगर गाउँपालिकाका दलितका लागि भोरको उपहार " भुमिपुत्रलाई नागरिकता "

    प्रदेश २ को सर्लाहीबाट बिहीबारदेखि नागरिकता घुम्ती सहयोग केन्द्र सुरु हुँदैछ। पुस्तौंदेखि नेपालमा बसोवास गरेर पनि जानकारी अभावमा र अन्य बिभिन्न कारणले नागरिकताबाट बन्चित रहेकाहरुलाई नागरिकता प्राप्त गर्नमा सघाउन यो अभियान सरु ग्रिएको बताइएको छ।

    ‘पुस्तौंदेखि नेपालमैं बसोवास गरेर पनि कागजी प्रक्रियाहरु पूरा गर्न नसकेर, प्रहरी प्रसाशनसमक्ष पुगी आफ्नो समस्या राख्नसमेत नसक्ने भएर र भएको कागजात प्रमाण पनि जोगाउन नसकेका नागरिकलाई नागरिकता बनाउनमा प्राविधिक र प्रक्रियागत कार्यमा सहयोग गर्न हामी सुरु गरेका छौं,’ भुमिपुत्रलाई नागरिकता अभियान चलाएका भोर संस्थाका संस्थापक राजकुमार महतोले भने, ‘यस्तोमा खास गरी दलित समुदायका मानिसहरु छन्, श्रीमानको नागरिकता भएर पनि आफ्नो नागरिकता लिन नसकेका महिलाहरु धेरै छन्, केही गैरदलितहरु पनि यस्तो समस्यामा रहेको भेंटिन्छन्।’

    पँहुच, जानकारी र सचेतनाका अभावमा उल्लेखनीय संख्यामा खास गरी दलितहरु नेपालको पुस्तैनी बासिन्दा भएर पनि नागरिकता लिन नसकेको समाचारहरु स्थानीयदेखि राष्ट्रिय संचारमाध्यमले यसअघि उजागर गर्दै आएका छन्। एकातिर पहुँचकै आधारमा वा बिभिन्न जुक्ति लगाएर भारतीय मानिसहरु नेपाली नागरिकता हात परेर अनेक थरी चाहिने नचाहिने हर्कतहरुमा समेल भइरहेको बेला अर्कोतिर यस्ता वास्तविक नागरिकहरु पनि बन्चित रहेकोमा यस अभियानले सहयोग गर्ने बताइएको छ। 

    नागरिकता घुम्ती सहयोग केन्द्रबाट प्रदान गरिने एकीकृत निःशुल्क सेवाहरु भोरले प्रदान गर्ने जनाएको छ। यस अन्तर्गत निःशुल्क नागरिकता फारम उपलब्ध गराउदै स्वंयसेवक मार्फत भर्ने, हुलाक टिकट, नागरिकताको लागि फोटो, आवश्यक कागजातको फोटोकपी तथा फाइल तयार गर्ने, वडा कार्यालय स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयसित समन्वय, सहजीकरण गर्ने र यस क्रममा कोभिड–१९ संक्रमण रोकथामा सहयोग पुर्याउन निःशुल्क मास्क र सेनिटाइजर प्रदान गर्ने जस्ता काम गरिने भनिएको छ। 

    विभिन्न संघ संस्थाहरुको सहयोेग आए सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट सुरु भएको कार्यक्रम बिस्तारै प्रदेश २ को आठवटै जिल्ला र १३६ स्थानीय तहमा कार्यान्वयन गर्ने योजना रहेको महतोले बताए।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - १५:२९:१५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij