Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चितवन राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा अर्ना फेला

चितवन राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा अर्ना फेला


  • 4.8K
    Shares

    चितवन राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा अर्ना फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर फाँटमा एउटा वयस्क पोथी अर्ना मृत अवस्थामा फेला परेको छ । अर्नाको मृत्यु प्राकृतिक भएको निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

    निकुञ्जजभित्र पदमपुर फाँटको ठूलो क्षेत्रमा तारबार गरेर राखिएको ठाउँमै शुक्रबार मृत अवस्थामा अर्ना फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखानाबाट ल्याएर उक्त क्षेत्रमा अर्ना राखिएको छ ।

    यसैगरी तीनदिनअघि अर्को अर्नाले एउटा बच्चा जन्माएको छ । यो सहित निकुञ्जमा अर्नाका सातवटा बच्चा जन्मिएका छन् । तीमध्ये ६ वटा मात्रै हुर्केका छन् । कोसीबाट १२ र चिडियाखानाबाट तीनवटा गरेर १५ वटा अर्ना स्थानान्तरण गरेर पदमपुर इन्क्लोजरमा राखिएको थियो ।

    भर्खर जन्मेको अर्नासहित अहिले अर्नाको संख्या १२ पुगेका छन् । तीमध्ये वयस्क ६ वटा छन् । सबै भाले हुन् । बच्चा ६ वटा अर्नामा दुई पोथी र तीन भाले रहेका छन् । भर्खर जन्मेको बच्चा भाले पोथी के हो छुट्याउन बाँकी रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - १४:४५:११ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij