Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दाङमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ

दाङमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ


  • 4.4K
    Shares

    दाङमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ

    दाङ – दाङको बंगलाचुली गउँपालिका वडा नम्वर ७ विर्खेमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    तिजको दरखाने दिन राती विर्खेमा नाच हेरेर बिहान ३–४ बजेको समयमा घर जाँदै गरेकी १८ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    पीडित युवतीको जाहेरीको आधारम बंगलाचुली गाउँपालिका वडा नम्बर ७ विर्खेका तीन युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बंगलाचुली–७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्गी र २० वर्षीय याम बहादुर मास्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजाले जनकारी दिए ।

    पक्राउ परेका युवाहरुलाई थुनामाराखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - १२:२४:३८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij