Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


  • 3.9K
    Shares

    सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–७, सिसहानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मोटरसाइकल चालक रुपन्देहीको देवदह नगरपालिका–५, खैरेनीका २८ वर्षीय श्याम पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

    गए राति करिब साढे १० बजे लु२३प ९५६८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको अस्थायी प्रहरी पोस्ट ज्यामिरेले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २५ २०७८ शुक्रवार - ११:१०:१० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij