Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

जिपको ठक्करबाट बालकको मृत्यु

जिपको ठक्करबाट बालकको मृत्यु


  • 3.3K
    Shares

    जिपको ठक्करबाट बालकको मृत्यु

    काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–४, बागथला बजारनजिकै जिपको ठक्करबाट चार वर्षीय बालकको मत्यु भएको छ । स्थानीय अनिल रावलका छोरा योगेन्द्रको मृत्यु भएको हो ।

    ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको जनाइएको छ ।

    हिजो बेलुका करिब ८ बजे बाटो ‘क्रस’ गर्दै गरेका बालकलाई बागथलाबाट देउरातर्फ जाँदै गरेको से१ज ९६८ नम्बरको जिपले ठक्कर दिएको थियो । जिपसहित फरार रहेका चालकको खोजी भइरहेको अस्थायी प्रहरी पोस्ट बागथलाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २५ २०७८ शुक्रवार - ११:०९:२७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij