Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पहिराले एक सातादेखि कोशी राजमार्ग अवरुद्ध

पहिराले एक सातादेखि कोशी राजमार्ग अवरुद्ध


  • 5.6K
    Shares

    पहिराले एक सातादेखि कोशी राजमार्ग अवरुद्ध

    किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

    पहिराका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर–दक्षिण सडकखण्डको मकालु गाउँपालिका र भोटखोला गाउँपालिका सिमाना मकालु–३ हाइटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो हटाउन पहल भइरहेको प्रजिअ पौडेलले बताउनुभयो ।

    अहिले पनि त्यस क्षेत्रमा निरन्तर पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिरो हटाउन मकालु–३ हाइटार नजिकै तीनवटा स्काभेटर लगेका छौँ, तर पहिरो खस्ने क्रम नरोकी कारण सडक कहिले खुल्छ भन्ने यकिन हुन सकेको छैन ।”

    सडक अवरुद्ध भएपछि भोटखोलासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको हेदाङनागढीसम्म चलिरहेको उहाँले बताउनुभयो । सडकखण्ड अवरुद्ध भएपछि मकालुका केही वडा र भोटखोलामा यातायात सेवा बन्द भएको छ । पहिराका कारण सदरमुकाम खाँदबारीबाट भोटखोलाको हटिया पुगेको आधा दर्जन सवारी र खाद्यान्न बाकेर गएका ट्र्याक्टर हटियामै रोकिएका स्थानीयवासीले बताएका छन् ।

    प्रकाशित मिति :भाद्र २५ २०७८ शुक्रवार - १०:२७:३६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij