२०८२ भाद्र ३ गते मंगलवार
पछिल्लो २४ घण्टामा १२७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १८ सय ४५ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनाको परीक्षण भएको थियो । अहिले सक्रिय संक्रमित २८ हजार ६७८ जना छन् ।
जसमा २६ हजार ८८६ जना घरमै आइसोलेसनमा छन् भने १७ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् । ४५८ जना आइसियु र १३९ जना भेन्टिलेटरमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij