२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । काठमाडौ उपत्यकामा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६० जना महिला र २०५ जना पुरुषसहित काठमाडौं उपत्यकामा मंगलबार थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकाका संक्रमित मध्ये काठमाडौंका ३०० जना, भक्तपुरका २३ र ललितपुरका ४२ जना रहेका छन् । योसँगै काठमाडौं उपत्यकामा १ लाख १८ हजार ७८७ जना संक्रमित भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij