Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

लागुऔषधसहित एकजना पक्राउ

लागुऔषधसहित एकजना पक्राउ


  • 4.5K
    Shares

    • images
    लागुऔषधसहित  एकजना पक्राउ
    images

    नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय सुरेश खङ्ग रहेका छन् ।

     महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५३१५ नं को यात्रुबाहक बस चेकका क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।

     महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कालो रङ्गको झोलाभित्र लुकाएर ल्याएको नाइट्राभेट–१० लेखिएको ५८५ ट्याब्लेट लागुऔषसहित खङ्गलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

     पछिल्लो समय प्रहरीले सो नाकामा विशेष कडाइ गरेसँग लागुऔषध कारोबारकर्ता पक्राउ हुन थालेका छन् ।

    प्रकाशित मिति :भाद्र २२ २०७८ मंगलवार - १५:०६:०३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij