२०८२ भाद्र १० गते मंगलवार
पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनभयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij