Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् छलफलका विषय

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् छलफलका विषय


  • 4.8K
    Shares

    कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् छलफलका विषय

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी छन् । कांग्रेसको आजको बैठकमा बजेट, एमसीसी परियोजनालगायत विषयलाई संसद्मा कसरी अघि बढाउने भन्नेबारेमा छलफल हुने एक सांसदले जानकारी दिए ।

    “मुख्य त बजेटको विषयमा छलफल हुन्छ,” ती सांसदले बाह्रखरीसित भने, “एमसीसी परियोजनाका मानिसहरू नेपाल आउने भएपछि परियोजना कसरी संसद्मा टेबल गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।”

    प्रकाशित मिति :भाद्र २२ २०७८ मंगलवार - ११:०२:१६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij