Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुजुकीले ल्यायो ग्राहकका लागि दशैं तिहार अफर ‘पर्वोत्सव’, २ लाखसम्म नगद छुट

सुजुकीले ल्यायो ग्राहकका लागि दशैं तिहार अफर ‘पर्वोत्सव’, २ लाखसम्म नगद छुट


  • 10.3K
    Shares

    • images
    सुजुकीले ल्यायो ग्राहकका लागि दशैं तिहार अफर ‘पर्वोत्सव’, २ लाखसम्म नगद छुट
    images

    काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्गको अटोमोटीभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहार स्कीम सार्वजनिक गरेको छ । कम्पनीले विगतमा जस्तै यसवर्षको चाडपर्वमा पनि ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको हो ।

    यस यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउने छन् । यसका साथै स्टकमा रहेका मोडलमा क्लियरेन्स अफर भनेर विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

    यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरूममा लागू हुनेछ । सुजुकीले आफ्ना विभिन्न मोडेलमा फरक फरक छुट हुने जनाएको छ ।

    मारुती सुजुकी ब्रान्डले एसप्रेसो, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सिआज, ब्रेजा, एसक्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी जस्ता मोडल विक्री बितरण गर्दै आएको छ ।

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १४:५९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij