Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ग्राण्डीमा रिँगटा उपचारका लागि क्लिनिक सञ्चालन

ग्राण्डीमा रिँगटा उपचारका लागि क्लिनिक सञ्चालन


  • 4.6K
    Shares

    • images
    ग्राण्डीमा रिँगटा उपचारका लागि क्लिनिक सञ्चालन
    images

    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा आएको छ । पछिल्लो समय धेरै मानिसमा रिँगटा लाग्ने समस्या हुन थालेपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले शुक्रबारदेखि रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा ल्याएको हो ।

     अस्पतालका प्रशासक हरि खड्काले रिँगटा लाग्ने आम व्यक्तिकोे समस्यालाई मध्यनजर राख्दै ग्राण्डीले उक्त क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

     “ग्राण्डीले आगामी दिनमा बिरामीको आवश्यकताअनुसार सेवा विस्तारै गर्दै लैजान्छ”, उहाँले भन्नुभयो । उक्त सेवा आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म लिन सकिने सो अस्पतालले जनाएको छ ।

     क्लिनिकका रिँगटासम्बन्धी विशेषज्ञ धर्म डङ्गोलले अस्पतालको डाक्टरसँगको सहकार्यमा बिरामीको रोगको निधान गरेर रिँगटासम्बन्धी समस्या उपचार गरिने बताउनुभयो ।

     “कतिपय बिरामीले औषधि सेवन गरे पनि रोग निको नभई रहेको अवस्थामा रोगको निधान गरेर रोगको प्रकृति हेरेर औषधि र थेरापीका माध्यामबाट उपचार गर्छौं”, उहाँले भन्नुभयो । विसं २०६९ पुसमा स्थापना भएको ग्राण्डी अस्पतालले हाल २०० श्ययामार्फत बिरामीको उपचार गराउँदै आएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०७८ शनिवार - १५:२४:०६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij