Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पत्रकार तेजबहादुर खड्काको एउटा हड्डी मात्रै भेटीएपछि आज अन्त्येष्टि गरियो

पत्रकार तेजबहादुर खड्काको एउटा हड्डी मात्रै भेटीएपछि आज अन्त्येष्टि गरियो


  • 9.2K
    Shares

    पत्रकार तेजबहादुर खड्काको एउटा हड्डी मात्रै भेटीएपछि आज अन्त्येष्टि  गरियो

    नेपाल प्रेस युनियन डोटीका सस्थापक अध्यक्ष पत्रकार तेजबहादुर खड्का (तेजु) को आज अन्त्येष्टि गरिएको छ । रेडियो नेपाल दिपायलमा लामो समय काम गरेका पत्रकार खड्का विसं २०७५ भदौ ९ गते बाजुराको प्रसिद्ध क्षेत्र बूढीनन्दा मेलाबाट फर्कने क्रममा बेपत्ता भएपछि खोजीका क्रममा जिवित नरहेको पुष्टि भएपछि विधिवत अन्त्येष्टि गरिएको हो ।

    उहाँका दाजु कृष्ण खड्का र छोरा सुमन खड्काले सेती नदी किनारमा दागबत्ती दिएर आज अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि कार्यक्रममा नेपाली काँग्रेस डोटी जिल्ला नेता जीतबहादुर खड्का, क्षेत्रीय सभापति विजय खड्का र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

    बेपत्ताको दुई वर्षपछि विसं २०७६ मङ्सिर २ गते जडिबुटी संङ्कलन गर्न गएका बाजुराका स्थानीयवासीले खड्काको ज्याकेट, झोला, पर्स, परिचयपत्र, मोबाइलसहित कङ्काल फेला पारेका थिए । कङ्काललाई नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँकी आमा मन्धरीदेवी खड्काको रगतसँग डिएनए परीक्षण गर्दा सो अवशेष पत्रकार खड्काकै भएको पुष्टि भएको थियो । त्यसपछि गत असार १७ गते सरकारले पत्रकार खड्काको मृत्यु भएको घोषणा गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक २९ २०७७ शनिवार - २०:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij