२०८२ भाद्र ९ गते सोमवार
चाडपर्व नजिकिएसँगै प्रोटोनले "दशैँ-दक्षिणा" योजना ल्याएको छ । उत्कृष्ट तथा खेर नजाने अफरहरूसहितको यो योजना भदौ १७ गतेबाट शुरू भएर चाडपर्वको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने छ ।
योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स(७० गाडीको खरीदमा एक लाख-२ लाखसम्म मात्र नभएर ६ लाखसम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्नेछन् ।
जसअन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजारदेखि २ लाखसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन् ।
यसै गरी पूरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि योजनाले ५० हजारदेखि २ लाख ५० हजारसम्म छुटको व्यवस्था गरेको छ ।
यस प्रोटोन "दशैँ-दक्षिणा" योजनाअन्तर्गत ग्राहकले आकर्षक ब्याजदरसहितको किस्ताबन्दीमा पनि सवारी खरीद गर्न सक्नेछन्, जसका लागि शंकर ग्रुपअन्तर्गतको जगदम्बा सेभिङ एण्ड क्रेडिट को-ओपरेटिभ लिमिटेडले इन-हाउस फाइनेन्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ ।
यी सेवाका अतिरिक्त नयाँ सवारी खरीदमा ग्राहकले विभिन्न पाटपूर्जा तथा चाहिने उपकरणहरू समेत सित्तैमा प्राप्त गर्न सक्नेछन् ।
चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ हजार राखिएको छ । प्रोटोन एक्स-७० को सुरुवाती मूल्य ८६ लाख ९९ हजार तोकिएको छ । यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागू हुनेछ ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ, जसले १९८५ मा प्रोटोन सागाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो ।
त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा बिक्री(वितरण गर्दै सफलता हासिल गरेको प्रोटोनका गाडीहरू हाल संसारका ७० भन्दा धेरै मुलुकहरूमा देख्न सकिन्छ भने यसका लगभग ४।४ मिलियन प्रयोगकर्ता छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij