Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

कास्कीमा पहिरोले घर बगाउँदा पुरिएर पाँच जनाको मृत्यु, एकजना बेपत्ता

कास्कीमा पहिरोले घर बगाउँदा पुरिएर पाँच जनाको मृत्यु, एकजना बेपत्ता


  • 3.6K
    Shares

    कास्कीमा पहिरोले घर बगाउँदा पुरिएर पाँच जनाको मृत्यु, एकजना बेपत्ता
    images

    पोखरा । कास्कीको पोखरामा अविरल वर्षापछिको पहिरोले घर बगाउँदा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । अरु पाँचजना घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन् ।

    मृत्यु हुनेमा पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षिया सुनमाया तामाङको मृत्यु भएको थापाले जानकारी दिए । उनीहरुका तीनवर्षका छोरा सन्तोष बेपत्ता छन् भने अर्का ९ वर्षीयय छोरा राजकुमार घाइते भएका छन् । सुनमायाको घटनास्थलमै र श्रेष्ठको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    त्यस्तै पोखरा–२० भलामको मुलाबारी देउरालीमा घर भत्किँदा २९ वर्षीया विष्णु सार्की र उनका ८ वर्षका छोरा सन्तोष सार्कीको पनि मृत्य भएको थापाले जानकारी दिए ।

    त्यस्तै पोखरा–११ नमूनाटोलस्थित घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्मण सार्कीको मृत्यु भएको पनि डिएसपी हमालले बताए । उनकी १४ वर्षीया छोरी श्रृष्टि उपचारपछि घर फर्केकी छिन् । त्यस्तै पोखरा–११ बसेरीमा पनि पहिरोमा परेर तीनजना घाइते भएको छन् ।

    बुधबार बेलुकी परेको भीषण वर्षापछि पोखरा आसपासका क्षेत्रमा पहिरो आएको छ । पहिरोले पोखरा २० मा धेरै क्षति गरेको पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले बताए ।

    पोखरामा केही वर्षयता अस्वभाविक वर्षा भैरहेको छ । जमिनभित्रको चुनसँग पानी मिसिँदा ठाउँठाउँमा भासिएको छ । पोखराभरीका सडकमा खोला बगेको थियो ।

    पोखरा ५ स्थित फिर्के पुल बगाएको छ भने विभिन्न छोरेपाटन, कमलपोखरी, लेखनाथ क्षेत्रका केही भागमा डुवान भएको थियो । पोखरामा वितेको २४ घण्टामा २ सय २१ दशमलव ४ मिलिमिटर पानी परेको हावापानी कार्यालय पोखराले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १५:०२:२५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij