Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पछिल्लो २४ घण्टामा थपिए ७४२ जना कोरोना संक्रमित, ७ जनाको मृत्यु  

पछिल्लो २४ घण्टामा थपिए ७४२ जना कोरोना संक्रमित, ७ जनाको मृत्यु  


  • 8.2K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ७४२ जना कोरोना संक्रमित, ७ जनाको मृत्यु  

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ७९ संक्रमित निको भएका छन् । 

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ छ । 

    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४४ हजार ७४३ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ७७ हजार १८१ पीसीआर परीक्षण गरिएको छ । 

    पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७९५ पुगेको छ ।  मन्त्रालयका अनुसार ७ हजार ९७६ जना आइसोलेसनमा छन् ।

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १६:१६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij