Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सरकारले जारी गर्‍यो वेबसाइट निर्माणसम्बन्धी निर्देशिका, निर्देशिकामा के-के छ ?

सरकारले जारी गर्‍यो वेबसाइट निर्माणसम्बन्धी निर्देशिका, निर्देशिकामा के-के छ ?


  • 7.4K
    Shares

    सरकारले जारी गर्‍यो वेबसाइट निर्माणसम्बन्धी निर्देशिका, निर्देशिकामा के-के छ ?

    सरकारले जारी गर्‍यो वेबसाइट निर्माणसम्बन्धी निर्देशिका, निर्देशिकामा के-के छ ? 

     सरकारले सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ। सञ्चार मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले दिएको अधिकार प्रयोग गर्दै निर्देशिका जारी गरेको छ। 

    निर्देशिकाले सरकारी वेबसाइटलाई व्यवस्थित गर्न, वेबसाइटमा राखिने विषय वस्तु, वेबसाइट प्रयोगको मूल्यांकनका साथै अध्यावधिक गर्नुपर्ने लगायतका प्रावधानहरु समेटेको छ।

    निर्देशिका अनुसार सरकारी कार्यालयले निर्माण गर्ने हरेक वेबसाइटको सुरक्षा परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। अब सरकारी कार्यालयहरुले सूचना प्रविधि विभागबाट आफ्नो वेबसाइटको सुरक्षा र विश्वसनीयताको सम्बन्धमा वर्षमा कम्तिमा एकपटक परीक्षण गराउनुपर्ने भएको छ।

    सम्भवत अहिलेसम्म कुनै गिरोहले वेबसाइटमा साइबर आक्रमण नगरेसम्म सरकारी कार्यालयहरुले सुरक्षा जाँच गराउने अभ्यास पाइदैन।
    यस्तै, बेवसाइट सञ्चालन गर्ने प्रत्येक सरकारी कार्यालयहरुले वेबसाइट अध्यावधिक गर्नका लागि एक जना वेब एडमिनिष्ट्रेटर तोक्नुपर्ने व्यवस्था गरेको छ।

    नयाँ निर्देशिकf आएसँगै मन्त्रालयले सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गरेको छ।

      निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १४:३८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij