Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

अमेरिकन पेस्तोलसहित मोरङबाट दुई जना पक्राउ

अमेरिकन पेस्तोलसहित मोरङबाट दुई जना पक्राउ


  • 3.5K
    Shares

    अमेरिकन पेस्तोलसहित मोरङबाट दुई जना पक्राउ
    images

    विराटनगर : अमेरिकन पेस्तोलसहित मोरङबाट मंगलबार राति दुई जनालाई पक्राउ परेका छन्। कानेपोखरी गाउँपालिका–६ शिवालय चोकका ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो। 

     
     सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले राति ११:१५ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो। घरमा हतियार लुकाएर राखेको विशेष सूचनाका आधारमा पुगेको सुरक्षाकर्मीको संयुक्त टोलीले सुरुमा क्षेत्रीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए। उनका अनुसार क्षेत्रीको घरमा छापा मार्दा मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी बरामद भएको छ। 

    त्यसलगत्तै पक्राउ गरिएका क्षेत्रीकै सूचनाका आधारमा बिहानका राति १ बजेतिर बोहोरालाई पनि पक्राउ गरिएको एसपी पौडेलले बताए। तर हतियारसँग जोडिएको उनीहरुबीचको सम्बन्धका बारेमा भने प्रहरीले केही खुलाएको छैन। 

     
     दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि भनेर इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले हतियार कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको एवं दुई जनाबीचको ‘कनेक्सन’ कस्तो खालको हो भन्ने बारेमा अनुसन्धानपछि मात्रै प्रष्ट हुने बताए। 

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - ११:२९:४० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij