Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

करेन्ट लागेर मृत्यु भएकाका परिवारलाई पाँच लाख राहत

करेन्ट लागेर मृत्यु भएकाका परिवारलाई पाँच लाख राहत


  • 3.9K
    Shares

    • images
    करेन्ट लागेर मृत्यु भएकाका परिवारलाई पाँच लाख राहत
    images

    गुल्मी : करेन्ट लागेर मृत्यु भएका मदाने गाउँपालिका–१ का १८ वर्षीय विक्रम राउतको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको छ।

    नेपाल विद्युत् प्राधिकरणले पीडित परिवारलाई राहत स्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। साथै‚ प्राधिकरणमा करार कर्मचारी राख्दा पीडितको परिवारलाई प्राथमिकता दिन आग्रह गरिएको उनले बताइन्। प्रजिअ शर्माले बिजुलीका तारलाई व्यवस्थित गर्न पनि प्राधिकरणलाई निर्देशन दिएको बताइन्।

    प्रजिअ शर्मा, मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केशी, गुल्मी जिल्लाका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, मृतकका परिवार र प्राधिकरण वितरण केन्द्र गुल्मीका प्रमुख ईश्वरकुमार श्रेष्ठलगायतको छलफलमा राहत स्वरुप पाँच लाख प्रदान गर्ने निर्णय गरेको हो।

    मदाने–२ बाँझकटेरीको सुइरे जंगलमा गाई चराउन गएका राउतको  आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको थियो। पानी परिरहेको समयमा राउतले ओडेको छाताले बिजुलीको तारमा छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १०:४७:५० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij