Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

पहिराेले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गयाे, तीन जना घाइते

पहिराेले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गयाे, तीन जना घाइते


  • 5.7K
    Shares

    पहिराेले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गयाे, तीन जना घाइते

    अर्घाखाँची – पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका  छन् ।

    पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो । निरन्तरकाे वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो ।

    पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् ।  स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको  प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १०:३०:४४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij