Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

पहिराेले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गयाे, तीन जना घाइते

पहिराेले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गयाे, तीन जना घाइते


  • 5.6K
    Shares

    पहिराेले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गयाे, तीन जना घाइते

    अर्घाखाँची – पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका  छन् ।

    पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो । निरन्तरकाे वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो ।

    पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् ।  स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको  प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १०:३०:४४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij