Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५६४ जना कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५६४ जना कोरोना संक्रमण


  • 8.2K
    Shares

    • images
    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५६४ जना कोरोना संक्रमण
    images

    काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।

    यस्तै काठमडौं उपत्यकामा ९०३८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४९१, ललितपुरमा २१९६ र भक्तपुरमा १३५१ सक्रिय संक्रमित छन्।

    २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार २२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा ९ हजार ११७ जनाको पिसिआर र ३ हजार १०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

    त्यस्तै, १ हजार ७८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। 

    यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ।

    हाल सक्रिय संक्रमित ३५ हजार ५९१ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ।

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १७:३२:२९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij