२०८२ भाद्र १० गते मंगलवार
कैलालीमा एक पुरूषको शव फेला परेको छ।
सोमबार गोदावरी नगरपालिका-५ गेटामा मनहरा नदीको किनारमा अन्दाजी ४० वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको हो।
उक्त शवको पहिचान खुलेको छैन। मृतकको सनाखत गर्न आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij