Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन


  • 4.8K
    Shares

    • images
    वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन
    images

    वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आउनुभएका उहाँको आज बिहान निधन भएको हो ।

     लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उहाँका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

     उहाँका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत कृति लोकप्रिय छन् । विसं १९९३ मा जुम्लामा जन्मनुभएका भएका उहाँ प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो ।

     उहाँको शव श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । भट्टका श्रीमती र दुई छोरा छन् ।

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - १०:२६:३५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij