Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

जिप दुर्घटनामा चालकको घटना स्थलमै मृत्यु, ११ जना घाइते

जिप दुर्घटनामा चालकको घटना स्थलमै मृत्यु, ११ जना घाइते


  • 8.8K
    Shares

    • images
    जिप दुर्घटनामा चालकको घटना स्थलमै मृत्यु, ११ जना घाइते
    images

    कालीकोट : कर्णाली करिडोरको कालीकोट खण्डस्थित मतडाको उकालोमा जिप दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालकको घटना स्थलमै मृत्यु भएको हो । 

    शान्नि  त्रिवेणी गाउँपालिकादेखि लालिघाट बजार आउँदै गरेको क १ ज ३२ नम्बरको जिप आम्तडाको उकालो चढ्ने क्रममा दुर्घटना हुँदा गाडि चालक शान्नि त्रिवेणी गाउँपालिका रकु घर भएका बिक्रम गिरीको मृत्यु भएको छ। 

    गाडिमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

    घाइते यात्रुको अवस्था गम्भीर छ । दुर्घटना कसरी भयो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घटनामा घाइते भएकाहरुको सनाखत हुन बाँकी रहेको प्रहरी निरिक्षक महेशविक्रम शाहीले बताए ।

    घाइतेको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनले भने, 'घाईतेको अवस्था गम्भीर रहेको बुझिएकाले तत्काल सुविधा सम्पन्न अस्पताल लग्नु पर्ने अवस्था छ । हामी त्यसैको तयारीमा छौँ ।'

     

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - १४:११:५६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij