Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

२९ बुँदे सम्झौतापछि टेलिकमका कर्मचारीकाे आन्दोलन स्थगित, कुन कुन विषयमा भयो सहमति ? (सहमतिपत्रसहित)

२९ बुँदे सम्झौतापछि टेलिकमका कर्मचारीकाे आन्दोलन स्थगित, कुन कुन विषयमा भयो सहमति ? (सहमतिपत्रसहित)


  • 7.1K
    Shares

    २९ बुँदे सम्झौतापछि टेलिकमका कर्मचारीकाे आन्दोलन स्थगित, कुन कुन विषयमा भयो सहमति ? (सहमतिपत्रसहित)

    काठमाडौं । आन्दोलनरत नेपाल टेलिकमका आन्दोलनरत कर्मचारीले आन्दोलन रोकेका छन् । टेलिकम व्यवस्थापनसँग २९ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरेका हुन् ।

    टेलिकमका तीनैवटा कर्मचारी ट्रेड युनियनहरु ‘कर्मचारी विनियमावली’ को विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । ४० दिनभन्दा बढी आन्दोलन गरेपछि कर्मचारी र टेलिकमको व्यवस्थापनबीच सहमति बनेको हो ।

    खासगरी, नवौं तहसम्मका कर्मचारीलाई ट्रेड युनियनको मान्यता दिने प्रावधान घटाइएपछि कर्मचारी आन्दोलित बनेका थिए । उक्त प्रावधानलाई घटाएर व्यवस्थापनले ७ तहमा झारेको थियो ।

    कर्मचारी र व्यवस्थापनबीच भएको सहमतिअनुसार ११ तहमा पाँच वर्ष र १० तहमा ८ वर्ष सेवा अवधि पुगेपछि स्वतः अवकाश हुने व्यवस्था कायम हुनेछ । यो व्यवस्था कायम गर्नका लागि ‘कर्मचारी विनियमावली, २०७८’ संशोधन गर्न दुई पक्षबीच सहमति भएको छ ।

    त्यस्तै कम्पनीको कुनै कर्मचारी प्रबन्ध निर्देशक पदमा नियुक्त भए नियुक्त भएको मितिदेखि कम्पनीको सेवाबाट स्वतः अवकाश हुने व्यवस्थासमेत कायम गर्नेगरी संशोधनका लागि लोकसेवा आयोगमा लेखी पठाउने सहमति भएको छ ।

    1.jpg

    092137700nepal telicome 1.jpg

    3.jpg

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - १२:४४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij