Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बहुविवाह गर्ने १२ वर्षपछि पक्राउ

बहुविवाह गर्ने १२ वर्षपछि पक्राउ


  • 3.6K
    Shares

    • images
    बहुविवाह गर्ने १२ वर्षपछि पक्राउ
    images

    लमजुङ — बहुविवाह गरी फरार रहेका २ जना प्रतिवादीलाई लमजुङ प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले बेंसीसहर नगरपालिका–९ साम्दीका ४४ वर्षीय खड्कबहादुर कामी र उनका कान्छी श्रीमती ३५ वर्षीया मीना भन्ने सुमिला विकलाई पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार मुद्दा परेपछि फरार उनीहरू अहिले गाउँमै रहेको सूचना पाएपछि शुक्रबार प्रहरीले पक्राउ गरी ल्याएको हो ।

    अदालतले २०६६ असार २४ गते जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो । पक्राउ परेका दुवै जनालाई शुक्रबार नै अदालतमा पेस गरिएको र कैद भुक्तानका लागि कारागार चलान भएको इन्स्पेक्टर रेग्मीले बताए ।

    डीएसपी कृष्णबहादुर कार्कीका अनुसार प्रहरीले फरार अपराधी पक्राउ गर्ने अभियान नै थालेको छ । एक साताअघि मात्रै प्रहरीले ६ जना फरार अपराधीलाई पक्राउ गरेको थियो । यसमा लागूऔषध ओसारपसारका ९ वर्ष, बहुविवाहका २० वर्षदेखि फरार अपराधी थिए ।

     

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - ११:०१:५४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij