Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अवैध लागूऔषध सहित ५ जना पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ


  • 6.1K
    Shares

    • images
    अवैध लागूऔषध सहित ५ जना पक्राउ
    images

    कञ्चनपुर- भिमदत्त नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय सागर चन्द र सोही ठाउँ बस्ने २८ वर्षीय उमेश साउदलाई २८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । शंका लागि प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    मकवानपुर, मनहरी गाउँपालिका-५ जय सिंङ्बाट करिब ४० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-५ डिल्लीपुर बस्ने २४ वर्षीय राम चन्द्र मोक्तान र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन लो रहेका छन् । सोही ठाउँस्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ वटा बोरामा राखेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

    मोरङ, बेलबारी नगरपालिका-५ कसेनी बस्ने ६१ वर्षीय लब नारायण भन्ने राजनारायण माझीलाई करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीवाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - १७:४३:४९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij