Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

छिटो र बढी पावर भएको डिफेन्डर भी८ एसयुभी सार्वजनिक, यस्तो छ विशेषता

छिटो र बढी पावर भएको डिफेन्डर भी८ एसयुभी सार्वजनिक, यस्तो छ विशेषता


  • 6.6K
    Shares

    • images
    छिटो र बढी पावर भएको डिफेन्डर भी८ एसयुभी सार्वजनिक, यस्तो छ विशेषता
    images

    ज्यागवार ल्यान्ड रोवरले भारतमा आफ्नो नयाँ एसयुभी सार्वजनिक गरेको छ। कम्पनी शुक्रबार भी८ पावर मोडलको नयाँ डिफेन्डर एसयुभी सार्वजनिक गरेको हो। जसको पावर सबैभन्दा बढी हुनुको साथै यो सबैभन्दा छिटो गुड्न सक्ने क्षमता भएको एसयुभी हो।

    स्टान्डर्ड र कार्पेथियन एडिसन गरि कम्पनीले नयाँ डिफेन्डर भी८ दुई भेरियन्टमा सार्वजनिक गरेको हो। दुवै भेरियन्ट ९० (दुई वटा ढोका हुने) र ११० (चार वटा ढोका हुने) स्टाइलमा उपलब्ध छ। 

    नयाँ डिफेन्डर भी८ को बाहिरी डिजाइन निकै सानदार छ। कार्पेथियन भेरियन्ट विशेष रंग कार्पेथियन ग्रेमा उपलब्ध छ। जसको हुड, छत र टेलगेट भने कालो रंगमा हुनेछ। यसको अगाडिपट्टिको ढोकामा भी८को लोगो पाउन सकिन्छ। त्यस्तै यसमा ४ वटा टेलपाइप, २२ इन्चको अलोय ह्विल र १५ इन्चको निलो डिस्क क्यालिपर छ। जसले गर्दा गाडीको आवरणमा आकर्षण थपेको छ। त्यस्तै गाडीको क्याबिनमा ११.४ इन्चको टचस्क्रिन छ। डिफेन्डर भी८ मा ट्विन टेलपाइप पाउन सकिन्छ। 

    यो एसयुभी ५.० लिटरको भी८ इन्जिनमा आधारित छ। जसले ५२५ एचपी पावर र ६२५ एनएमको टर्क जेनेरेट गर्छ। गाडीमा ८ स्पीडको अटोमेटिक गियरबक्स पाउन सकिन्छ। यसको भित्री डिजाइनिङमा समेत कम्पनीले विशेष प्राथमिकता दिएको छ। नयाँ डिफेन्डर भी८ मा वायरलेस चार्जिङ पनि सुविधा छ। 

    नयाँ डिफेन्डर भी ८ जम्मा ५.२ सेकेन्डमा एक सय किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्छ। यसको टप स्पीड २४० किलोमिटर प्रति घण्टाको छ। 

    कम्पनीले नयाँ डिफेन्डर भी८ को सुरुवाती मूल्य भारु १ करोड ८२ लाख तोकेको छ। 

    यसभन्दा अघि ज्यागवार ल्यान्ड लोवरले डिफेन्डर ९० तीन वटा पावरट्रेन विकल्पमा सार्वजनिक गरेको थियो। पहिलो, २.० लिटरको पेट्रोल इन्जिन जडित एसयुभी जसले अधिकतम २९६ एचपी पावर र ४०० एनएमको टर्क जेनेरेट गर्छ। दोस्रो, ३.० लिटरको पेट्रोल इन्जिन जडित डिफेन्डर ९० जसले ३९२ एचपी पावर र ५५० एनएमको टर्क जेनेरेट गर्छ। र तेस्रो, ३.० लिटर डिजेल इन्जिन जडित एसयुभी जसले २९६ एचपी पावर र ६५० एनएमको टर्क जेनेरेट गर्छ। एजेन्सी

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - १५:१५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij